जलवायु परिवर्तनलाई प्रभाबकारी बनाउन जर्मन सरकारको थप सहयोग | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

जलवायु परिवर्तनलाई प्रभाबकारी बनाउन जर्मन सरकारको थप सहयोग

climate change

काठमाडौं, १२ पुस । जलवायु परिवर्तन कार्यक्रमका लागि अहिलेसम्म आर्थिक अनुदान उपलब्ध गराउन जर्मन सकरात्मक देखिएको छ । जर्मन सरकारले जलवायु परिवर्तन अनुकूलन कोषलाई ६ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा गरेको छ । यसअघि पनि जर्मनले करिब २९ अर्ब रुपैयाँ जलवायु अनुकूलन कोषलाई उपलब्ध गराइसकेको छ ।

सोमबारदेखि जर्मनको बोनमा सुरु भएको संयुक्त राष्ट्रिय खाका महासन्धिका पक्ष राष्ट्रहरूबीच भइरहेको जलवायु परिवर्तनसम्बन्धी २३औं अन्तर्राष्ट्रिय सम्मेलन कोप ट्वान्टी थ्रीमा जर्मन सरकारले अनुकूलन कोषमा ६ अर्ब रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो । जलवायु परिवर्तनको बढी प्रभाव पर्ने अति कमविकसित राष्ट्रहरूका लागि असर न्यूनीकरण गर्ने उद्देश्यले हेन्ड्रिक्सले अनुदान उपलब्ध गराउने घोषणा गरेपछि नेपाललगायत जलवायु परिवर्तनको प्रभाव खेपिरहेका राष्ट्रहरूले सकरात्मक टिप्पणी गरेका छन् । जर्मनीले पत्रकार सम्मेलनमार्फत जलवायु परिवर्तन गराउन अल्पविकसित राष्ट्रहरूको भूमिका न्यून रहे पनि यसको असर बढी खेपिरहनुपरेको भन्दै विकसित राष्ट्रहरूले बढी प्रभाव परेका क्षेत्रहरूका लागि अनुदान उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरेको छ । जलवायु अनुकूलन कोषलाई पेरिस सम्झौताको एउटा सवल वित्तीय संस्था बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको जर्मनीले स्पष्ट गरेको छ । जलवायु परिवर्तन कार्यक्रमका लागि अहिलेसम्म आर्थिक अनुदान उपलब्ध गराउन जर्मन सकरात्मक देखिएको छ ।

जर्मन अनुकूलन कोषमा पनि अहिलेसम्मकै ठूलो दाता राष्ट्र हो । अनुकूलन कोषले हालसम्म विश्वका ६३ राष्ट्रलाई जलवायु परिवर्तनका क्षेत्रमा अनुदान उपलब्ध गराएको छ । जलवायु परिवर्तनका कारण विश्वमा नै सबैभन्दा बढी कृषि उब्जनीमा प्रभाव पार्ने भन्दै जलवायु परिवर्तन अनुकूलित कृषि खेती विस्तार कार्यक्रमका लागि कोषले नेपाललगायत अन्य देशलाई अनुदान उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म अनुकूलन कोषले ६७ परियोजनामार्फत करिब ४७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । जर्मनले अति कमविकसित राष्ट्रहरूका लागि सञ्चालित जलवायु (एलडीसी) कोषमा पनि करिब ६ अर्बभन्दा बढी रुपैयाँ अनुदान स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ । कृषिमा अनुकूलन, जलवायु सूचना प्रणाली विकास, प्राकृतिक प्रकोप व्यवस्थापन, स्वास्थ्य, प्राकृतिक स्रोतको व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अल्पविकसित राष्ट्र (एलडीसी) हरूलाई अनुदान उपलब्ध गराउँदै आइरहेको छ । एलडीसी फन्डको आधिकारिक वेबसाइटका अनुसार अहिलेसम्म एलडीसी फन्डमा जर्मन सरकारको करिब ३२ अर्ब सहयोग रहेको छ । एलडीसी कोषमा रकम उपलब्ध गराउने वैदेशिक दातृ निकायमध्ये जर्मन ठूलो दाता राष्ट्र पनि हो । एलडीसी कोषमार्फत अहिलेसम्म ४९ देशमा १९५ परियोजना सञ्चालन भइरहेको छ । नेपाललाई पनि जलवायु परिवर्तन असर न्यूनीकरण गर्न एलडीसी कोषले अनुदान रकम उपलब्ध गराएको छ । हालसम्म एलडीसीमा १.१५ बिलियन अमेरिकी डलर रहेको छ । यो कोषले नेपालमा जलवायु परिवर्तन कार्यक्रम सञ्चालनअन्तर्गत कृषि तथा वन क्षेत्रमा अनुदान उपलब्ध गराएको छ । उनका अनुसार यसअघि पनि जर्मनले करिब २९ अर्ब रुपैयाँ जलवायु अनुकूलन कोषलाई उपलब्ध गराइसकेको छ ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);