काठमाडौं । भूमध्य सागरमा दुईवटा डुंगा डुब्दा दुईसय भन्दा धेरै आप्रवासी डुबेको आशंका गरिएको छ ।
डुंगामार्फत युरोप जाँदै गरेका आप्रवपासी लिबियाको टापुमा डुबेका हुन सक्ने आशंका गरिएको बिबिसीले जनाएको छ ।
डुबेकामध्ये पाँच जनाको शव फेलापरेको स्पेनको सहायता संस्थाले जनाएको छ ।
डुंगा डुब्दा दुई सय ४० जनाको ज्यान गएको हुन सक्ने आशंका संस्थाको छ । इटालीका कोस्ट गार्डले पनि पाँच जनाको ज्यान गएको पुष्टि गरेका छन् ।
युरोप प्रवेश गर्ने क्रममा गएको वर्ष डुंगा डुब्दा पाँच हजार बढी आप्रवासीको ज्यान गएको थियो ।
सुरक्षित बसोबासको खोजी गर्दै द्वन्द्वग्रस्त राष्ट्रबाट जोखिम मोलेर युरोप प्रवेश गर्नेको संख्या लागातार बढ्दै गएको छ ।