काठमाडौं । होण्डाले साईन र ग्राजियामा आकर्षक उपहार योजना ल्याएको छ ।
होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले होण्डा साईन र होण्डा ग्राजियामा आकर्षक उपहार योजना ल्याएको जानकारी दिएको छ ।
योजना अनुसार ग्राहकले अर्डर गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउने कम्पनीको दाबी छ । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने जनाइएको छ ।
यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्ने ग्राहकले रु. १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन् ।
ग्राहकले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्ने कम्पनीले जनाएको छ ।