संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रदेश र प्रतिनिधि सभाबीच अनुभवहरुको आदानप्रदान हुनुपर्छः सभामुख | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रदेश र प्रतिनिधि सभाबीच अनुभवहरुको आदानप्रदान हुनुपर्छः सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय भुमिकालाई प्रभावकारी बनाउन प्रतिनिधि सभा र प्रदेश सभाको बीचमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको छ ।

सोमवार नवनिर्वाचित सभामुखलाई बधाई तथा शुभकामना व्यक्त गर्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेको स्पिकर्स फोरम नेपालका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले संसदीय भुमिकालाई प्रभावकारी बनाउन आपसमा अनुभवहरुको आदानप्रदान हुनुपर्ने बताउनुभएको हो । उहाँले प्रदेश सभाले प्रतिनिधि सभाका कारण कतिपय ऐनहरु बनाउन नसकेको र कतिपय प्रदेशमा ऐन बन्न नसकेका कारण माथि अपm्ठ्याराहरु सिर्जना भएको गुनासो आएको भन्दै ति कुराहरुको सम्बोधन गर्न आपसमा मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले ऐन कानूनहरु ठिक समयमा ठिक ढंगले बन्नुपर्ने बताउनु भयो । कुनैपनि कानूनको अभावमा जनताको काममा अवरोध हुनु नहुने उहाँले बताउनु भयो ।

सभामुख घिमिरेले संसदीय राजनीतिलाई राम्रो बनाउनका लागि स्पिकर्स फोरम नेपालको महत्वपूर्ण भुमिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले स्पिकर्स फोरम नेपालको स्थापना हुनु नेपाली राजनीतिका लागि राम्रो कामको शुरुवात भएको बताउनु भयो । संस्थाको विकासका निम्ति आफ्नो ठाउँबाट भुमिका खेल्ने उहाँको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);