आज तीन प्रदेशमा पानी पर्ने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज तीन प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं, ९ माघ । देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ । देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ, भने आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ । सुदूरपश्चिम र कर्णाली साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);