गण्डकीमा मन्त्रिपरिषद विस्तारको तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

गण्डकीमा मन्त्रिपरिषद विस्तारको तयारी

काठमाडौं, ९ माघ । गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तासाझेदार दलसँग छलफल गरेर मन्त्रायलको टुंगो लगाएका हुन् । उक्त प्रदेशमा हाल १२ वटा मन्त्रालय छ । सत्तारुढ दल र नेकपा एमालेभित्रैबाट भागवण्डा मिलाउन मन्त्रालयको संख्या ९ पुर्याउन दबाब आएपनि अधिकारीले ७ मन्त्रालयको संख्या बनाउन लागेका हुन् ।

एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेको छ भने नेकपा माओवादीले २ मन्त्रालय र राप्रपाले १ मन्त्रालय पाउने सम्भावना रहेको छ । मन्त्रालयको भागवण्डा फेरी बैठकले मिलाउने तयारी छ ।

२९ गते विश्वासको मत लिँदा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदसहित ३१ सांसदले उनको पक्षमा मत हालेका थिए । एमालेका ज्येष्ठ सदस्य सांसद मित्रलाल बस्यालले सभामुखको भूमिका निर्वाह गर्दा विश्वासको मत दिने प्रक्रियामा भाग लिएनन् भने मनाङले सोही दिन अनुपस्थित रहे । कांग्रेसका २७ सांसदले उनको विपक्षमा मत हालेका थिए ।

Leave a Reply