काठमाडौँ ,माघ ८ \ माउण्टेन टेलिभिजन एच्डी। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झण्डै एक दशकयता भारतप्रति खरो रुपमा प्रस्तुत हुँदै आउनुभएको छ। विशेषगरी नाकाबन्दीपछि उहाँले भारतसँगको दूरी बढाएर आलोचना गर्नुभयो । कुनैबेला भारतसँग उहाँको निकै सुमधुर सम्बन्ध रहेकोमा चिसिनुलाई चासोका साथ हेरियो ।
तर, पछिल्लो समय उहाँको भारतसँग हिमचिम बढ्दै गएको छ ।