विगतका अभ्यासबाट पाठ सिकेर सदनको गरिमा बढाउन भूमिका खेल्ने सभामुखको वाचा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

विगतका अभ्यासबाट पाठ सिकेर सदनको गरिमा बढाउन भूमिका खेल्ने सभामुखको वाचा

काठमाडौं । सभामुख देवराज घिमिरेले पदीय भूमिका र सदनको गरिमा बढाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

सभामुखमा निर्वाचित भएपछि पहिलो पटक सभा सञ्चालन गर्नु अघि आफूलाई निर्वाचित गरेकोमा सांसदहरुलाई धन्यवाद दिँदै विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने बाचा गरेका छन् । सदनमा सबैको आवाजलाई बुलन्द हुन दिने, दलहरुका बीचमा हुने स्वस्थ प्रतिस्पर्धा र विवादहरुमा निश्पक्ष भएर समन्वयकारी भूमिका खेल्ने पनि सभामुख घिमिरेको प्रतिबद्धता छ ।

उनले सरकार सत्तापक्षको र संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई मुखरित हुने दिने बताए ।

उनले नेपाली जनताले आफ्नो सार्वभौमिक अधिकारको प्रयोग गर्ने उच्चतम थलो प्रतिनिधि सभा भएकोले जनताको त्यो अधिकारको प्रयोग गर्ने राजनीतिक दलहरुलाई सभा सञ्चालनका लागि निरन्तर सहयोग गर्न आग्रह गरे । उनले सभामुखको निर्वाचनसँगै आफू आबद्ध रहेको राजनीति दल नेकपा (एमाले)सँगको सबै प्रकारको आबद्धता यो पदमा क्रियाशील रहँदासम्म परित्याग गरि सकेको जानकारी गराए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);