सुस्मिता केसीको हत्यामा संलग्न ससुरासहित दुई नन्दलाई जन्मकैद | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सुस्मिता केसीको हत्यामा संलग्न ससुरासहित दुई नन्दलाई जन्मकैद

हेटौंडा, ७ माघ । हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाइएको छ । परिवारका ४ जना केसीको हत्यामा संलग्न भएको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको हो ।

शुक्रबार न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलासले सुस्मिताका ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा कार्की, ज्वाइँ अरुण कार्की र कान्छी नन्द सीता थापालाई दोषी ठहर गर्दै जनही २५ वर्षको कैद हुने फैसला सुनाएको हो । सासु तुलसा कुमारी थापालाई भने हत्याको मतियार ठहर गरि १० वर्षको जेल सजाय तोकेको छ ।

सुस्मिताका श्रीमानको रुपेन्द्रको २३ असोज २०७६ मा दाउन्नेमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएपछि उनको बीमाबापत आउने रकमका लागि परिवारका सदस्यहरुले मिलेर उनको हत्या गरेका थिए । सुस्मिताको १ असार २०७७ मा हेटौंडा उपमहानगरपालिका ४ कर्रास्थित घरमा परिवारल विभत्स तरिकाले हत्या गरेका थिए ।

मृतक सुस्मिताको बुवा कृष्णबहादुर क्षेत्रीले २०७७ असार २९ गते पाँचै जना विरुद्ध जाहेरी दर्ता गराएका थिए । भारतीय सेनामा कार्यरत क्षेत्रीकी सुस्मिता एक्ली छोरी हुन् । उनका एक भाइ छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);