कम्बोडियामा ज्यान गुमाएका झापाका पाण्डेको शव आज राति नेपाल आइपुग्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

कम्बोडियामा ज्यान गुमाएका झापाका पाण्डेको शव आज राति नेपाल आइपुग्ने

काठमाडौं । कम्बोडियामा गत पुस १५ गते आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव आज राति नेपाल आइपुग्ने भएको छ ।

कम्बोडियाको पोइपेट शहरमा रहेको ग्राण्ड डायमण्ड सिटी क्यासिनोमा भिषण आगलागीका कारण १२औँ तलाबाट हाम फाल्दा पाण्डेको ज्यान गएको थियो । कम्बोडिया सरकारबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलो भएको बताइएको छ । नेपालबाट आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उहाँको शव आज थाइल्याण्ड हुँदै नेपाल ल्याउन लागिएको हो ।

थाइल्याण्डबाट नेपाल एयरलायन्समा शव ल्याइने छ । शव आज राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै झापा पुर्याउने तयारी गरिएको छ । शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णय भएको छ । सरकारको निर्णय अनुसार सरकारी प्रक्रियाबाटै शव नेपाल ल्याउन लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);