नेपालमा विदेशी सैनिक राख्न दिदैनौं, कसैसँग शत्रुतापनि राख्दैनौंः केपी ओली | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ३० २०८१, शुक्रबार

नेपालमा विदेशी सैनिक राख्न दिदैनौं, कसैसँग शत्रुतापनि राख्दैनौंः केपी ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले सबैसँग मित्रता राखेको भन्दै कसैसँग पनि शत्रुता नरहेको टीप्पणी गरेको छन् ।

शुक्रबार नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कुनै प्रकारका सैनिक राख्न नदिने तर, कसैसँग शत्रुता पनि नराख्ने टीप्पणी गरेका हुन् ।
ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् । उनले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुपमा स्थापित हुने गरी सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।

अध्यक्ष ओलीले विश्व शान्तिका लागि सबैले काम गर्नुपर्ने उल्लेख गर्दैै भने, “विश्वभरि नै शान्ति कायम हुन सकोस, सबै देशको सार्वभौमसत्ताको सम्मान हुन सकोस ।”
उनले कुनै पनि हिसाबले युद्धलाई साथ र समर्थन नगर्ने र संसारमै युद्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);