राष्ट्रिय सभाको गठन नभएसम्म प्रधानमन्त्रीकाे राजीनामा अाउँदैन : साउद | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

राष्ट्रिय सभाको गठन नभएसम्म प्रधानमन्त्रीकाे राजीनामा अाउँदैन : साउद

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका नेता एन.पी. साउदले राष्ट्रिय सभाको गठन नभईकन प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लवले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकतर्फको सम्पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन । सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेश अहिलेसम्म स्विकृत भएको छैन । त्यसैले हामी राष्ट्रिय सभाको गठन भएपछि मात्रै सरकारबाट बाहिरिन्छौं।’

नेता साउदले सरकारले पठाएको अध्यादेश स्विकृत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले किन ढिलाई गरेको हो भन्ने कुरा आफूहरुले बुझ्न नसकेको बताए । उनले भने,‘अध्यादेश स्विकृत गर्न किन ढिलाई भैरहेको छ । हामीलाई अचम्म लागेको छ । यदि साँच्चिकै कमी-कमजोरी भएको छ भने पनि हेर्ने निकाय छन् । अदालत छ । राष्ट्रपति सम्मानित पद हो । यस्तो कुरामा अल्झिनु हुँदैन।’

उनले अध्यादेश स्विकृत नहुँदा राष्ट्रपति कार्यालय जस्तो संस्था नै विवादमा तानिएको गुनासो गरे । आफूहरुले जनमतको सम्मान गर्ने भएकोले अल्पमतमा परे पनि कसलाई सरकार छोड्ने भन्दै साउदले प्रश्न समेत गरे । ‘कसलाई सरकार बुझाएर जाने ? कम्तिमा राष्ट्रिय सभाको निर्वाचन त होस । सबै संविधान बमोजिम चल्नुपर्छ’ साउदले भने।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);