साउदी रियाल सहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

साउदी रियाल सहित पक्राउ

काठमाडौं, ६ माघ । साउदी रियाल सहित एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट साउदी रियाल १४ हजार ४ सय सहित धनुषा धनुषाधाम नगरपालिका–३ स्थायी वतन भएका ४५ वर्षीय एमडि नजिमलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

कतार एअरवेजद्वारा दोहा हुँदै साउदी जान लागेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा लुकाई लैजान लागेको ५ सय दरको २४ थान र २ सय दरको १२ थान गरी जम्मा १४ हजार ४ सय साउदी रियाल फेला पारी उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);