महेन्द्रनगर, ११ पुष । महेन्द्रनगर नगर विकास समितिले करोडौं मूल्य पर्ने जमिन कौडीको भाउमा भाडामा दिएको छ ।
नगर विकास समितिले महेन्द्रनगरका नाम चलेका व्यापारीदेखि पत्रकारसम्मलाई नियम विपरित मूल्यवान जमीन थोरै रकममा भाडामा दिएको हो । अध्यक्ष र कर्मचारीले मनोमानीमा पहुँचवालालाई जमीन भाडामा दिएको हो । बजार क्षेत्रको जमिन पैसाको चलखेलमा भाडामा दिएको छ ।
२०६४ सालमा नगर विकास समितिका तत्कालिन अध्यक्ष कान्तुराम पनेरुको पालामा उद्योगी–व्यापारीलाई उद्योग स्थापनाका लागि जमिन लिजमा दिने निर्णय भएको थियो । नगर विकासको स्वामित्वमा रहेको ६ सय ३८ विगाह ६ कट्ठा ८ धुर जमिन अहिले ७० बिगाहमा सिमित भएको छ ।