जनमोर्चाले सभामुखमा ईश्वरी न्यौपानेलाई मतदान गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

जनमोर्चाले सभामुखमा ईश्वरी न्यौपानेलाई मतदान गर्ने

काठमाडौं,५ माघ । राष्ट्रिय जनमोर्चा पार्टीले सभामुखमा नेपाली कांग्रेसको उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने भएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा बोल्दै अध्यक्ष चित्र बहादुर केसीले न्यौपानेलाई सभामुखमा समर्थन गर्ने बताएका हुन् ।

केसीले राजनीतिक दलहरुले चुनाव अघि र पछि फरक व्यवहार गरेको देखाएको टिप्पणी गरेका छन् । सत्ताको लागि सिद्धान्त र जनतासँग कवुल गरेका कुरा वाचा भुल्न उनको भनाई थियो ।

उनले भने,‘सत्ताको लागि जो सँग पनि सामेल हुने विधिले लोकतन्त्र नै अत्यन्तै धराप रहेको छ, यही मौकामा शक्ति केन्द्रहरुले आफूले चाहेको खेल खेल्न सक्छन् । हामी झन् झन् तल्लो अवस्थामा गइरहेको छौं । गृह र शहरीया मन्त्रीको रेकर्ड हेर्नुहोस् त कसरी आइरहेका छन्।’

सत्ताको लोभ राख्ने दलहरुकै कारण लोकतन्त्र धरापमा परेको बताउदै यसलाई बचाउन निकै गाह्रो हुने उनको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);