नारायणगढ–मुग्लिन सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

नारायणगढ–मुग्लिन सडक दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।

दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालयमा बुधबार सम्पन्न सरोकारवालाको बैठकले काम नसकिएपछि समय थप गरेर काम सम्पन्न गर्ने निर्णय गरेको हो ।

सवारी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो आयोजना हेर्दै आउनुभएका नारायणगढ–मुग्लिन खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारी रोकेर काम गर्दा प्रभावकारी भएको छ । निर्माणाधीन पाँच पुलमध्ये तीनवटाको भित्तो काट्ने काम सकिएको छ ।

यसअघि भएको निर्णय अनुसार माघको ४ गते ३० दिन पुग्छ । पुसको ३० गते र माघको १ गते माघेसङ्क्रान्तिका कारण सवारी रोकिएको थिएन । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको छ । चिसेन्जी र तुईन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ । सो सडकको चौडाई ९ देखि ११ मिटरसम्म रहेकामा पुल साँघुरो भएपछि अहिले नयाँ निर्माण गरिएका पुल ११ मिटर फराकिलो बनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);