बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कृषिमन्त्री साहको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८१, शनिबार

बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कृषिमन्त्री साहको निर्देशन

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई निर्देशन दिनु भएको छ ।

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड र राम्रो काम गर्नेलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो योजना रहेको स्पष्ट पार्नु भयो । कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको उल्ल्ेख गर्नुभयो ।

कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उहाँले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने बताउनु भयो ।

किसानहरुको समस्या समाधानका लागि प्राथमिकता दिने मन्त्री साहको भनाइ थियो । उहाँले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको औंल्याउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);