पोखराबाट काठमाडौं ल्याइएका शवको परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

पोखराबाट काठमाडौं ल्याइएका शवको परीक्षण सुरु

काठमाडौं, ४ माघ । आइतबार पोखरामा विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ । काठमाडौं ल्याइएका शवको परीक्षण गर्न थालिएको छ ।

गत आइतबार बिहान काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको ९ एनएएनसी एटीआर ७२ ५०० विमान दुर्घटनाग्रस्त हुँदा ७१ जनाको शव फेला परेको छ । ती मध्ये ४८ शव मंगलबार काठमाडौं ल्याइएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत दुईपटक शव ल्याइएका थिए । भर्खरै त्रिवि शिक्षण अस्पतालमा शवको परीक्षण सुरु गरिएको जनाइएको छ ।

आज बिहानैदेखि शव परीक्षण सुरु भएको अस्पतालले जनाएको छ । कतिपयको शव पहिचान समेत हुन सकेका छैनन् । परीक्षणपछि एकैपटक शव मृतकका आफन्तलाई बुझाउने तयारी गरिएको छ । अझै तीनजनाको शव भेटिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);