टिभिएसको रेडर र आरटिआर १६० फोभिलाई अवार्ड | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

टिभिएसको रेडर र आरटिआर १६० फोभिलाई अवार्ड

काठमाडौं । टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ ।

हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड हात पारेको हो । रेडरमा भएका सुधारहरुको आधारमा यो वर्ष पनि यो अवार्ड प्राप्त गर्न सफल भएको हो । विज्ञप्तिमा उल्लेख भए अनुसार रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस टिभिएस रेडर बाइकले अवार्ड पाएको हो । गत वर्ष पनि रेडरले आईएमओटिवाइ—२०२२ र अटो कारलगायतका धेरै अवार्डहरु पाइसकेको छ ।

टेकलेखको विज्ञप्तिमा अपाचेको रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड जस्ता फिचरहरुले गर्दा नै उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको हो । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । गुणस्तरीय उत्पादन, उत्कृष्ट सेवा र जगेडा पार्ट—पूर्जाहरुको उपलब्धताबाट उपभोक्ताको सन्तुष्टिका कारण टिभिएस नेपालमा सबै भन्दा रुचाइएको दुई पाङ्ग्रे भएको कम्पनीको दाबी छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);