माओवादीबाट अमनलाल मोदी मन्त्री बन्ने निश्चित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

माओवादीबाट अमनलाल मोदी मन्त्री बन्ने निश्चित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट आज तीन नयाँ मन्त्रीहरुले शपथ लिदैंछन् । माओवादीले दाङबाट निर्वाचित रेखा शर्मालाई सूचना तथा संञ्चार मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको छ । त्यस्तै, पर्यटनमन्त्रीको जिम्मा भोजपुरबाट निर्वाचित सांसद सुदन किराँतीलाई दिने भएको छ । किराँती लगातार तीनपटक निर्वाचित सांसद हुन् । अहिलेसम्म उनी मन्त्री भएका छैनन् ।

माओवादीले लगातार तीन पटकसम्म प्रत्यक्ष निर्वाचित सांसद अमनलाल मोदीलाई पनि मन्त्री बनाउने निर्णय गरेको छ । तर उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन् । उनी मोरङ –४ बाट निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रले मन्त्री छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);