एमालेले स्वास्थ्यमा गिरी र राईलाई परराष्ट्र मन्त्री बनाउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

एमालेले स्वास्थ्यमा गिरी र राईलाई परराष्ट्र मन्त्री बनाउँदै

काठमाडौं, ३ माघ । नेकपा एमालेका सांसद पदम गिरी स्वास्थ्य तथा जनसंख्याँ मन्त्री बन्ने भएका छन् । सत्तागठबन्धनमा भएको बाँडफाँट अनुसार एमालले स्वास्थ्यसहित ८ मन्त्रालय पाएको छ । उच्च स्रोतका अनुसार एमालेबाट गिरी स्वास्थ्य मन्त्री हुने भएको छन् । गिरी पर्वतबाट गत निर्वाचनमा निर्वाचनमा निर्वाचित भएका थिए ।

त्यस्तै एमालेले पाएको परराष्ट्र मन्त्रीमा डा.विमला राई पौडलको नाम सिफारिस गरेको छ । डा.पौडेललाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी थिइन् । सोमबार बसेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाँटको अन्तिम टुंगो लगाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);