‘यति एयरलाइन्सको विमान दुर्घटनामा कोही पनि जीवित भेटिएन’ | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

‘यति एयरलाइन्सको विमान दुर्घटनामा कोही पनि जीवित भेटिएन’

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आज बिहान दुर्घटना हुँदा विमानमा सवार ७२ जना जीवित नरहेको आशंका गरिएको छ ।

विमानमा सवार सबैको मृत्यु भएको नागरिक उड्ययन प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

चालकदल सहित ७२ जना यात्रु लिएर उडेको विमानमा कोही पनि जीवित रहने सम्भावना कम रहेको स्थानीयहरुको भनाइ छ ।

७२ सिट क्षमताको विमानमा चार जना चालकदलसहित ६८ जना यात्रुरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान विमान सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको थियो ।

घटनास्थलमा अहिले उद्धारकार्य भइरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);