नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा बसेर विदेशमा जुनसुकै लगानी गरे कारबाही हुने चेतावनी दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै राष्ट्र बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको पुनः स्मरण गराउँदै नेपालमा बसोबास गर्ने कसैलई विदेशमा कुनै पनि तवरले भुक्तानी दिने कार्य नगर्न र नगराउन सचेत गराएको हो ।

राष्ट्र बैंकले विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने बताएको छ । राष्ट्र बैंकले विदेशी विनिमय ऐन २०१९ को दफा १२ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको हो ।

Leave a Reply