निर्वाचन आयोगले दुई दिनभित्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

सिट बाँडफाँटका लागि मत रुजु गर्ने काम भइरहेको आयोगको भनाइ 

काठमाडौं, ११ पुष । निर्वाचन आयोगले दुई दिनभित्र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने भएको छ ।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सिट बाँडफाँटमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगसँग असन्तुष्टि जनाइरहेका बेला आयोगले दुई दिनभित्र सिट बाँडफाँट गर्ने बताएको हो । आयोगले दुई दिनभित्र सिट बाँडफाँट सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले गणना गरिएको मत टेबुलेसन गर्ने र रुजु गर्ने काम नसकिएकाले सिट बाँडफाँटमा ढिलाइ भएको बताए । आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट नगर्दा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);