सिट बाँडफाँटका लागि मत रुजु गर्ने काम भइरहेको आयोगको भनाइ
काठमाडौं, ११ पुष । निर्वाचन आयोगले दुई दिनभित्र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गर्ने भएको छ ।
निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले सिट बाँडफाँटमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगसँग असन्तुष्टि जनाइरहेका बेला आयोगले दुई दिनभित्र सिट बाँडफाँट गर्ने बताएको हो । आयोगले दुई दिनभित्र सिट बाँडफाँट सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले गणना गरिएको मत टेबुलेसन गर्ने र रुजु गर्ने काम नसकिएकाले सिट बाँडफाँटमा ढिलाइ भएको बताए । आयोगले समानुपातिकतर्फको सिट बाँडफाँट नगर्दा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।