काठमाडौं । संघीय सांसद सचिवालयले प्रतिनिधि सभा, २०७९ निर्वाचित सांसदहरुको नामावली सार्वजनिक गरेको छ । वर्णानुक्रम अनुसार सचिवालयले चुनावमा सहभागि राजीनितिक दल र स्वतन्त्रबाट निर्वाचित सांसदहरुको नामावली सार्वजनिक गरेको हो ।
नामावली अनुसार सबैभन्दा पहिलो नम्बरमा नेकपा एमालेबाट निर्वाचित अच्युतप्रसाद मैनालीको नाम रहेको छ । उनी बाराबाट निर्वाचित भएका हुन् । त्यसैगरी,दोस्रोमा नेपाली कांग्रेसका पर्साबाट निर्वाचित अजयकुमार चौरसियाको नाम रहेको छ ।
त्यस्तै, बिसौं नम्बरमा कांग्रेसकी डा आरजु राणाको नाम उल्लेख गरिएको छ । ४४ नम्बरमा कांग्रेसका महामन्त्री गगन थापाको नाम रहेको छ । उनी काठमाडौंबाट निर्वाचित भएका हुन् ।
त्यसैगरी, ५७ नम्बरमा डा .चन्द्रकान्त राउत (सिकेलाल) को नाम रहेको छ । २७३ नम्बरमा जुम्लाबाट निर्वाचित ज्ञानबहादुर शाही र अन्त्यमा २७५ नम्बरमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीको नाम रहेको छ ।
हेरौं सांसदहरुको नामावली