कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिदैं | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शर्माले आज शपथ लिदैं

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण लिने कार्यक्रम रहेको छ ।
शर्मालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शर्माको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालयमा दिउँसो ३ बजेका लागि समय निर्धारण गरिएको छ । शर्माले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीचको समर्थनमा मुख्यमन्त्रीमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले समर्थन गरे ।

४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ मत आवश्यक पर्नेमा शर्मालाई उनकै पार्टी माओवादी केन्द्रका १३, एमालेको १० र राप्रपाका १ गरी २४ सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसको सबैभन्दा धेरै १४ र एकीकृत समाजवादीको १ सिट र एकजना स्वतन्त्र सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);