राजपा नेपालको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

काठमाडौं, ११ पुष । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक आज बस्ने भएको छ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै चुनावमा विजयी भएका रेशम चौधरीलाई प्रमणपत्र आफै लिन आउन सर्वोच्च अदालतले दिएको आदेश ,समानुपातिक सांसद छनौटमा देखिएको विवादबारे लगायतका विषयमा पनि छलफल हुनेछ पार्टी स्रोतले जनाएको छ ।

प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ११ सिट जितेको राजपाले सामानुपातिकमा ६ सिट पाउने छ । राजपाका नेताहरुले समानुपातिकको प्राथमिकताको सूचिमा आफन्त र आसेपासेलाई राखेको भन्दै आलोचना भइरहेको छ ।

बैठक सोमाबारका लागि तय भए पनि अध्यक्षमण्डलका नेताहरु महेन्द्रराय यादव, राजकिशोर यादव र अनिलकुमार झा उपस्थित हुन नसकेपछि मंगलबारका लागि सारिएको हो ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय बबरमहलमा बस्दै छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);