काठमाडौं । आज ३०१औं पृथ्वी जयन्ती हो । पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी शाहको जन्मजयन्ती मनाइदैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् । भण्डारीले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् ।
राष्ट्रपतिले शालिकमा माल्यार्पण गर्ने समय सिंहदरबारको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो ।
पृथ्वी जयन्तीकै अवसरमा आज राप्रपा र राप्रपा नेपालले पनि चियापानको कार्यक्रम आयोजना गरेको छ । राप्रपाले भृकुटीमण्डप र राप्रपा नेपालले धुम्बाराहीमा चियापानको आयोजना गरेको हो ।