लिङ्देनको चुली निम्तो | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

लिङ्देनको चुली निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भोलि पृथ्वी जयन्तीको अवसर सबै दललाई चियापानका लागि चुली निम्तो दिएका छन् ।

मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले राप्रपाले भृकुटी मण्डपमा चियापानको आयोजना गरेको जानकारी दिदै कार्यक्रममा सबै दललाई निम्तो दिएका हुन् ।

पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको भन्दै सार्वजनिक विदा दिएकोमा उनले सरकारलाई धन्यावाद समेत व्यक्त गरे । उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने उल्लेख गरे ।

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जानकारी दिदै उनले सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका बाचा पूरा गर्नुपर्ने बताएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);