काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका छन् ।
सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुलाई संक्षीप्त प्रतिक्रिया दिदै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका हुन् ।
उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए ।
नेपालले विचार र सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको समेत बताए ।