काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमै पहिलो पटक आफ्नो नेतृत्वमा निष्पक्ष चुनाव सम्पन्न गरेको बताउनु भएको छ ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले यो प्रतिनिधि सभाको कार्यकालले संविधानको रक्षा गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले प्रतिनिधि र प्रदेश सभामा कांग्रेसलाई ठुलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिनुभयो ।
जस्तो सुकै समस्या आएपनि कांग्रेसले आफ्नो नेतृत्वमा संविधान दिएको स्मरण गराउँदै संविधान रक्षाको लागि सदैव तयार रहेको सुनाउनु भयो ।