एजेन्सी । न्यूयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा एक वृद्धालाई पिसाब फेर्ने आरोपीलाई दिल्ली प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । आरोपीको नाम शेखर मिश्रा हो, जो मुम्बईका बासिन्दा हुन्। उनको उमेर करिब ४५ वर्ष छ ।
उनीविरुद्ध आईपीसीन दर्ता गरिएको छ। दिल्ली प्रहरीले आरोपीलाई पक्राउ गर्न टोली गठन गरेको छ । योसँगै एयर इन्डियाले पनि यसमा कारबाही गरेको छ । उनलाई ३० दिनको प्रतिबन्ध लगाइएको छ ।
एयर इन्डियाको विमानमा सवार एक व्यक्तिले बिजनेस क्लासमा यात्रा गरिरहेकी एक वृद्ध महिलामाथि पिसाब फेरेका थिए । घटना गत मंसिर २६ को हो । यस घटनामा एयरलाइन्सले हालसम्म कुनै कारबाही गरेको छैन।
वृद्ध महिलाले टाटा समूहका अध्यक्षलाई उजुरी गरेपछि एयरलाइन्सका अधिकारीहरू सक्रिय भए र दिल्ली पुलिसमा एफआईआर दर्ता गरे । एयरलाइन्सले अनुसन्धान पूरा नभएसम्म आरोपीलाई हवाई यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।