काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज भेटवार्ता गरेका छन् । द्धय अध्यक्ष प्रधामन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
तीन नेताबीच प्रधानमन्त्रीले पुस २६ गते लिने विश्वासको मत, वामपन्थी एकतालगायतको विषयमा छलफल भएको बुझिएको छ । प्रधानमन्त्री नियुक्ति भएसँगै प्रचण्डले यादव र नेपाल नेतृत्वको पार्टीलाई सरकारमा ल्याउने प्रयास गरिरहेका छन् ।
एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने अझैपनि निर्णय गरिसकेको छैन् । आजको भेटमा प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।
वामपन्थी एकताको लागि माओवादी, एकीकृत समाजवादी र जसपाले कार्यदल नै गठन गरेर छलफल अघि बढाइरहेका छन् । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि आज वाम एकता सम्बादको लागि सम्बाद समिति गठन गर्दैछ । प्रचण्ड र बाबुरामबीच शनिबार पार्टी एकता गर्ने सहमति भएको थियो ।