कान देवताको रहस्य ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०८१, शुक्रबार

कान देवताको रहस्य ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, पौष २३ । कान देवताको मन्दिरमा प्रत्येक शनिबार र मंगलबार श्रद्धालुहरुको भीड हुन्छ । यहाँ पूजा गर्दा आफ्नो दुखेको कान नीको हुन्छ भन्ने जनविश्वास रहेको छ । त्यसैले यो मन्दिर ‘कान देवता’ को रुपमा परिचित छ। नेपालकै एक मात्रै कान देवता मानिएको मन्दिरको बारेमा आधिकारिक जानकारी भेट्न गाह्रो छ । सबै मन्दिरमा पुजारी हुन्छन् तर यस मन्दिरमा पुजारी हुँदैन । स्थानीयका अनुसार कानदेवता अहिलेको कुपण्डोल–लगनखेल सडकमै थियो, बाटो विस्तारको क्रममा छेउमा सारियो ।

कान सुन्निने, कान दुख्ने, कान पाक्ने, कान नसुन्ने अथवा विभिन्न उपचार गर्दा पनि कानको रोग निको नहुनेहरू यहाँ आउने गर्दछन् । कान देवता थानमा एउटा सानो प्वाल रहेको छ । सो प्वाललाई छोएर पालैपालो दाहिने र देब्रे कान ३÷३ पटक छुने प्रचलन रहेको छ । मन्दिरमा देवता नभए पनि यो कान भगवान गणेशको भएको मान्यता अनुसार कान देवता भनेकै गणेश भगवान भएको जनविश्वास रहेको छ।

यस स्थानका बारेमा केही प्रचलित कथनहरू छन्, जस अनुसारः पाटनका मल्ल राजा र काठमाडौंका मल्ल राजाबीच निकै नै प्रतिस्पर्धा थियो ।

एक राजाले अर्को राजालाई कसरी सिध्याउने भन्ने षड्यन्त्र भइरहन्थ्यो । काठमाडौंका राजा भन्दा पाटनका राजा बलियो भएकोले पाटन दरबार भित्रको गोप्य कुरा कसरी थाहा पाउने भनी विज्ञहरूसँग सल्लाह गरी एक ध्वनि यन्त्रलाई पौभा चित्रमा जडान गरि पाटनको राजालाई उपहार दिएको थियो । त्यसपछि पाटनका गोप्य बैठक र रणनीति सबै काठमाडौंका राजाले थाहा भयो । पाटनको सबै कुरा काठमाडौंका राजाले थाहा पाएको देखेर पाटनको राजालाई शंका लाग्यो र विज्ञहरूलाई बोलाई छानबिन गर्दा पौभामा यन्त्र रहेको पत्तो लाग्यो । छानबिन गर्दा कुपण्डोलमा ध्वनीयन्त्र रहेको थाहा पाएपछि उक्त यन्त्रलाई पुननिर्माण गरी पाटनको कुरा काठमाडौंले सुन्न नपाउने तर, काठमाडौंका कुरा पाटनले सुन्न सक्ने बनाए । अर्थात ठ्याक्कै उल्टो पारिएछ यसपछि पाटन काठमाडौंभन्दा मजबुत हुँदै जान थाल्यो ।

काठमाडौंका राजाले पनि उक्त यन्त्र जाँच गर्न आउँदा यन्त्र परिवर्तन भएको थाहापाए ध्वनि यन्त्रलाई नष्ट गरिएको कथन रहेको छ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);