कार्यक्रमलाई पुर्णता दिन कार्यदलको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कार्यक्रमलाई पुर्णता दिन कार्यदलको बैठक सुरु

काठमाडौं । आज न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक सुरु भएको छ । अर्थमन्त्रालयमा बैठक सुरु भएको हो ।

एमाले उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बैठक बस्न लागेको हो ।

बैठकले न्युनतम साझा कार्यक्रमलाई पुर्णता दिने बुझिएको छ । साझा कार्यक्रमले आर्थिक समृद्धि र विकासलाई जोड दिदैं अर्थतन्त्रलाई लयमा फर्काउने खालका कार्यक्रमहरुमा केन्द्रीत हुने गठबन्धनको तयारी छ ।

यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);