काठमाडौं । पाल्पामा बिहीबार राति बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बस दुर्घटनामा परेको थियो ।
रुपन्देहीको सालझण्डीबाट सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग१ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी एकै गाउँ खुर्सानेका ६ महिलाको मृत्यु भएको हो । मृत्युु हुनेमा खेमकुमारी राना, निर्मला घिमिरे, सुुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा र दानकुमारी खत्री रहेका छन् ।
सोही दुर्घटनामा परी १८ जना घाइते भएका छन्। घाइतेहरूको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
घाईते हुनेहरूमा श्रेया राना, निजको १८ महिनाको छोरी दिपसन राना, चुमा घर्ति, राम बहादुर बस्नेत, सूर्य बहादुर रेश्मी, चालक चेत बहादुर दर्जी, पूर्णकला दर्जी, यमकला रास्कोटी, यमकला पाण्डे, लालकुमारी पाण्डे,सुरज घिमिरे, तुलसा पाण्डे, लिला गाँहा, अप्सना रास्कोटी, फर्सिकला पाण्डे, वर्षा भन्ने लिमकली पाण्डे, उनकी छोरी ३ महिनाको आर्या पाण्डे, श्यानिकला पाण्डे रहेका छन् ।