कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

ललित सिहं
बझाङ्ग ८ चैत्र ।
निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागेको ६५ मेघावाट क्षमताको कालंगा जल बिद्युत आयोजना को निमार्ण कार्य सुरु भएको छ । बझाङको बुङगल क्षेत्रमा पर्ने कालंगा गाडमा संचालन गरिएको कालंगा हाईडोपावर जलबिद्युत आयोजनाको एक कार्यक्रम गरि निमार्ण कार्यको काम सुरु गरिएको हो ।हाईडोपावरमा सबै लगानि निजि क्षेत्र बाट

कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु

ललित सिहं बझाङ्ग ८ चैत्र । निजी क्षेत्रको लगानीमा निर्माण गर्न लागेको ६५ मेघावाट क्षमताको कालंगा जल बिद्युत आयोजना को निमार्ण कार्य सुरु भएको छ । बझाङको बुङगल क्षेत्रमा पर्ने कालंगा गाडमा संचालन गरिएको कालंगा हाईडोपावर जलबिद्युत आयोजनाको एक कार्यक्रम गरि निमार्ण कार्यको काम सुरु गरिएको हो ।हाईडोपावरमा सबै लगानि निजि क्षेत्र बाट भईरहेको छ ।भने तिन बर्ष भित्र सम्पन गर्न हुने योजनामा साढे तिन किलोमीटर नहर सुरुङ्गमार्ग बाट संचालन गरिएको छ । भएको पानीको स्रोत सबै खेर गई रहेको छ देशमा लोड सेङ्गि बढि रहेको छ खेर गएको पानीलाई सदउपयोग गरि देशलाई अध्यारोमुतm बनाउन माच्छापुच्छे , एनएनबि बैक, सिबिल बैक लगाएतका बिभिन्न १० वटा बैकंहरुसंग ऋण लगानी सम्झौता गरि काम संचालन गरिएको आयोजमाका प्रमुख उमेश श्रेष्टले बताए ।

 

उनले भने अब मदेश र कलकारखाना बाट हैन पहाडको पानी बाट पैसा उत्पान गरि खाडिमुलकमा रोजगारि गरिएका युवालाई रोजगारी दिन समेत योजनाको लक्ष रहेको छ । बिकास निमाणको मुख्य मेरुदण्डको रुपमा रहेको बिद्युतमा लगानि गरि सुदुरपशिचम मात्र उज्यालो हैन देश भरि नै उज्यालो बनाउन बझाङ्गको कालंगामा ६५ मेगावाट बिद्युत उत्पानद गर्न लागेको संचालक खगेस्वर बोहराले बताए । उनले भने कम्पनीले दुई सय रोपनी जग्गा खरिद गरेको छ देशकौ नमुनाको रुपमा पहिलो पटक साढे तिन किलोमीटर जमिन मुनिबाट सुरु मार्गगमा बनाए नहर निमार्ण गरिएको छ । बिदेशीको लगानीमा निमार्ण हुने अन्य आयोजना भन्दा यो नमुनाको रुपमा संचालन गरिने छ । जलबिद्युत आयोजनाका निर्माणका लागी बैकंहरुले ७५ प्रतिशत लगानी र स्थानियका लागी १० प्रतिसत शेयर बितरण गरिनुका साथै १५ प्रतिशत प्रतिष्ठत ब्यापारीको लगानी रहने भएको छ ।

 

झण्डै १० अर्व ५० करौड रुपैयाकोे लागत अनुमान गरिएको आयोजनाको सुरुङ निमार्णको काम सुरु भएको छ ओयनाका कर्मचारीले बताएका छन । सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने यस आयोजनाको लक्ष्य रहेको कालंगा जलविद्युत आयोजना निर्माणले नेपालमा भैरहेको लोडसेटिङको समस्या कम गर्न सहयोग पुग्ने भएको छ । लोडसेडिङले बन्द अवस्थामा रहेका विभिन्न कलकारखाना तथा उद्योगहरु संचालनमा पनि यस आयोजनाले सहयोग पुग्ने भएको छ । बझाङका दुर्गम गांउमा आयोजना निर्माण कार्य सुरु भए पछि यस क्षेत्रमा स्थानियहरुमा खुसीयाली छाएको छ । विकट ठांउमा यस्ता ठूला आयोजना बने पछि यस क्षेत्रको बिकासको महत्वपुर्ण योगदान पुग्ने अपेक्षा रहेको बझाङ्ग बासि बताउन्छन् । बिद्युत निर्माण कार्य संगं यस क्षेत्रमा भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुनका साथै स्थानिय क्षेत्रमा रोजगारीका लागी यूवाहरुले बिदेश जानु पर्ने स्थितीको समेत अन्त्य हुने यस क्षेत्रका स्थानिय युवा ज्ञान बहादुर बोहरा बताउन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);