दुबईमा नयाँ वर्ष मनाएर अनुष्का–विराट वृन्दावन पुगे | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

दुबईमा नयाँ वर्ष मनाएर अनुष्का–विराट वृन्दावन पुगे

एजेन्सी । विराट कोहली र अनुष्का शर्मा दुबईमा नयाँ वर्ष मनाएर भारत फर्किएका छन् । स्वदेश फर्किनेबित्तिकै दुवै धार्मिक भ्रमणमा निस्किएका हुुन् । हालै दुवै वृन्दावनमा देखिएका थिए । वृन्दावनमा दुवै जना नीम करोली बाबाको समाधि आश्रम पुगेका थिए । विराट–अनुष्काका म्यानेजरले दुवै धार्मिक यात्रामा रहेको बताएका छन् ।

यो अवधिमा विराट र अनुष्काले मिडियाबाट टाढा रहे । जानकारीका अनुसार उनीहरु दुबैले करिब एक घण्टा आश्रम भित्र बसेर ध्यान गरेका थिए । विराट र अनुष्का नीम करोली बाबाका परम भक्त हुन् । गत वर्ष पनि दुवैजना उत्तराखण्डको कैंची धाममा रहेको उनको आश्रम पुगेका थिए ।

४ जनवरीको बिहान विराट कोहली र अनुष्का शर्माले वृन्दावनको प्रसिद्ध नीम करोली बाबाको समाधिस्थलको दर्शन गरेका थिए । यसपछि दुवै आनन्दमयी आश्रम गए। उनीहरुको कार्यक्रम पूर्ण रुपमा गोप्य राखिएको थियो ।

विराट–अनुष्का बुधबार दिउँसो वृन्दावन पुग्न लागेका थिए तर उनीहरु निर्धारित समयभन्दा अगाडि नै बिहान नीम करोली बाबाको समाधि आश्रम पुगेका थिए । दुवैले आश्रममा ध्यान गरे र आशीर्वाद प्राप्त गरे। यस क्रममा दुवैले स्थानीयसँग केही तस्विर खिचेका थिए ।

अनुष्का र विराट नीम करोली बाबाका परम भक्त हुन् । गत वर्ष नोभेम्बरमा दुवै जना उत्तराखण्डको काकडी घाटमा रहेको नीम करोली बाबाको आश्रम पुगेका थिए । दुवै जनाले त्यहाँको हनुमानजीको मन्दिर अगाडि दण्डवत् गरेका थिए । विराट र अनुष्कालाई नीम करोली बाबामा धेरै विश्वास छ, त्यसैले दुवैजना समय मिल्दा नीम करोली बाबाको आश्रम जान्छन्।

नीम करोली बाबा भक्तमा प्रधानमन्त्री मोदी, एप्पलका संस्थापक स्टिभ जब्स र हलिउड अभिनेत्री जुलिया रोबर्ट्स पनि छन् । नीम करोली बाबा हनुमानको उपासक थिए। उनका भक्तहरूले उनलाई हनुमानको रूप मान्दछन्। नीम करोली बाबा संसारमा रहेनन् तर पनि उहाँका भक्तहरूले उहाँलाई धेरै भक्तिपूर्वक सम्झन्छन्।

विराट कोहली र अनुष्का शर्माले दुबईमा नयाँ वर्षलाई स्वागत गरेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका थिए । दुवैले सँगै केही तस्विर पोष्ट गरेका थिए जसमा अनुष्का कालो ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् भने विराट पनि सेतो ड्रेसमा सुन्दर देखिएका थिए ।

अनुष्का शर्मा र विराट कोहलीको सन् २०१७ मा विवाह भएको थियो । दुबैले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । दुबैले सन् २०२१ मा छोरी वामिकालाई जन्म दिएका थिए । अनुष्का आमा बनेदेखि फिल्मबाट गायब भएकी छिन् तर उनी चाँडै फिल्म ‘चकडा एक्सप्रेस’मा देखिनेछिन् । चकडा एक्सप्रेस पूर्व भारतीय महिला क्रिकेटर झुलन गोस्वामीको जीवनमा आधारित छ। जबकि विराट हाल बिदामा छन् र छिट्टै अस्ट्रेलिया सिरिजका लागि टीम इण्डियामा आउनेछन्।

यसबाहेक अनुष्का र विराटले यही डिसेम्बरमा आफ्नो विवाहको पाँचौं वार्षिकोत्सव मनाएका छन् । दुवैले निकै रमाइलो ढंगले एक अर्कालाई वार्षिकोत्सवको शुभकामना दिएका थिए ।

Leave a Reply

ताजा समाचार