जैनसँग ब्रेकअपपछि ताराको ग्लैमरस अवतार | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

जैनसँग ब्रेकअपपछि ताराको ग्लैमरस अवतार

एजेन्सी । बलिउड अभिनेत्री तारा सुतारिया आफ्नो व्यक्तिगत जीवनका कारण फेरी चर्चामा छिन् । ताराले आफ्नो प्रेमी आधार जैनसँग ब्रेकअप गरेको खबर बाहिर आएको छ ।
हाल, यी अफवाहहरूबीच तारा अपूर्वको र्याप–अप पार्टीमा ग्लैमरस अवतारमा देखा परिन् । जसको भिडियो सार्वजनिक भएको छ । भिडियोमा तारा सेतो ड्रेसमा देखिएकी छिन् । यस लुकमा तारा निकै सुन्दर देखिएकी छिन् । यस क्रममा ताराले फोटोग्राफरहरुलाई मुस्कुराउँदै पोज पनि दिइन् ।

तारा सुतारियाले हालै आफ्नो आगामी फिल्म ‘अपूर्व’ को सुटिङ पूरा गरेकी छिन् । यसै अवसरमा फिल्मको ¥यापअप पार्टी आयोजना गरिएको थियो जसमा तारा पनि पुगेकी थिइन् । तारा सुतारिया धेरै फिल्ममा देखिएकी छिन् । जसमा ‘स्टुडेन्ट अफ द इयर २’, ‘मरजावाँ’, ‘टडप’, ‘हिरोपन्ती २’ र ‘एक भिलेन रिटर्न्स’ जस्ता फिल्महरू पर्छन् ।

इ–टाइम्सको रिपोर्ट अनुसार तारा सुतारिया र अदार जैनको ब्रेकअप भएको छ । यो जोडीले आपसी सहमतिमा छुट्टिने निर्णय गरेको हो । ब्रेकअपपछि पनि यो जोडी असल साथी जस्तै रहनेछन् । तर, अहिलेसम्म तारा र आधारले यो खबरबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

आधार र ताराको भेट २०१८ मा दिवाली पार्टीमा भएको थियो । यी दुईको भेट एक साझा साथीको माध्यमबाट भएको थियो, त्यसपछि यो जोडी प्रायः धेरै अवसरहरूमा सँगै देखिए । करिब ४ वर्ष एकअर्कालाई डेट गरेपछि आधार र ताराले अलग हुने निर्णय गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);