चिकित्सक संघ निर्वाचनः स्वतन्त्र उम्मेद्वारहरुले सार्वजनिक गरे १६ बुँदे एजेण्डा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

चिकित्सक संघ निर्वाचनः स्वतन्त्र उम्मेद्वारहरुले सार्वजनिक गरे १६ बुँदे एजेण्डा

काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचनका लागि स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका चिकित्सकहरुले १६ बुँदे एजेण्डा सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेद्वारहरुले एजेण्डा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएका एजेण्डाहरुमा थन्किएका एम्बुलेसन्न संचालनका कुराहरु देखि फार्मेसी सञ्चालन गर्न चाहने डाक्टरहरुको लागि एमबीबीएसको प्रमाणपत्रकै आधारमा फार्मेसीको परीक्षा दिन सकिने व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ ।

साथै, स्वतन्त्र डाक्टरहरुको टोलीले मेडिकल अधिकृतको सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागु गर्ने, बेरोजगारका लागि रोजगारीको व्यवस्था गर्ने, एमडी एमएस अध्ययनका लागि एक वर्षको अनुभवको व्यवस्था हटाउने एजेण्डा उठाएको छ । लोकसेवामा चिकित्सक दरबन्दी बढाउन दबाब दिने, स्यालरी र स्कील विकासका लागि पहल गर्ने, रेजिडेन्टहरुका लागि ड्युटी आवर र स्टेपेन्डको व्यवस्था गर्ने, चिकित्सकको सुरक्षा, अन्डरग्राजुयट र पोष्ट ग्राजुयटको सिटको अनुपात मिलाउन पहल गर्ने, मेडिकल अधिृकत र रेजिडेन्ट चिकित्सकको ड्युटी आवर वैज्ञानिक बनाउन पहल गर्ने, चिकित्सकको जीवन बिमा र स्वास्थ्य बिमा गर्न पहल गर्नेलगायतका एजेण्डा समेत रहेका छन् ।

चिकित्सक संघको अध्यक्षका लागि डा. शिवजी सिलवाल, उपाध्यक्षमा उम्मेदवार डा. अजय मिश्र, महासचिवमा डा. अमृत भुसाल र सदस्यहरुमा डा. चेतन बस्नेत र डा. मोहम्मत अनमुल हकीले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);