कीर्तिपुर अस्पतालबाट हामफालेर बझाङका युवक घाइते | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

कीर्तिपुर अस्पतालबाट हामफालेर बझाङका युवक घाइते

काठमाडौं । कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफालेर बझाङका एक युवक घाइते भएका छन् ।

सोमबार राति बझाङ स्थायी घर भएका पाँगा डेरा गरी बस्ने सुनिल रोकाया घाइते भएको प्रहरीले जनाएको छ ।

बझाङ दुर्गाथली गाउँपालिका–५ घर भएका २२ वर्षीया रोकायालाई मुटुको धड्कन बढेपछि उक्त अस्पताल पुर्याइएको थियो ।

अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको टाउको, दाहिने हात र शरीरका अन्य भागमा चोट लागेको छ ।

हाम फाल्नुको कारण भने खुल्न सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);