काँग्रेस भातृ संस्थाहरुको राष्ट्रपतिलाई दवाव | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

सत्तारुढ नेपाली काँग्रेसका सबै भातृ संगठनहरुले राष्ट्रपति विद्या भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गर्न दवाव दिएका छन।

काँग्रेसमा आवद्ध नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रेस युनियन, डिएलए, नेपाल र नेपाल दलित संघले सोमबार काठमाडांैमा संयुक्त पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीलाई तत्काल राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गर्न दवाव दिएका हुन । पत्रकार सम्मेलनमा बोल्दै नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले तत्काल राष्ट्रपतिबाट अध्यादेश जारी नभए आन्दोलनका सशक्त कार्यक्रम संचालन गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो । काँग्रेसका भातृ संस्थाहरुले सरकारले पठाएको अध्यादेश जारी नगरेर राष्ट्रपति भण्डारी संविधान विपरित चल्न खोजेको आरोप समेत लगाएका छन ।