श्री संजय साईबाबाको ३५औं शुभ जन्मोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

श्री संजय साईबाबाको ३५औं शुभ जन्मोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । भगवान श्री संजय साई बाबाको ३५औं शुभ जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

संजय श्री साई अर्गनानाइजेसन नेपालले आयोजना गरेको सो कार्यक्रममा बाबाका भक्तका साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

रक्त संचार केन्दबाट ताजा रगतको कमी भएको जानकारी पाएअनुरुप कार्यक्रमको आयोजना गरिएको अर्गनानाइजेसनका कार्यबाहक अध्यक्ष अमिर केसीले जानकारी दिनु भयो ।

कार्यक्रम पश्चात १३५ पोका रगत संकलन गरि रक्त संचार केन्द्रलाई हस्तान्तरण गरिने योजना रहेको केसीको भनाई छ । उहाँका अनुसार ३५औं जन्मोत्सवका अवसरमा ३५ वटा विविध कार्यक्रम आयोजना गरि आगामी माघ ६ गते भव्यताका साथ जन्मोत्सव मनाउने तयारी गरिएको छ ।

यस अवसरमा पौष २ गतेबाट सत्यनारायण ब्रत कथाका कार्य पारम्भ गरेर सौह्रो दिनको कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम आयोजना गरिएको हो । यस अघि गौसेवा, पशु सेवा,अनाथ आश्रम सेवा लगायतका कार्यक्रम सम्पन्न भई सकेका छन् ।

केन्द्रले शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रमलाई पनि निरन्तरता दिदै आएको छ । आगामी माघ ६ गते भव्यताका साथ जन्मोत्सव कार्यक्रम मनाउने तयरी गरिएको जन्मोत्सव मूल समारोहका संयोजक तिर्थ प्रधान बताउनुहुन्छ । यसैगरी सार्वजनिक भजन, मनोहरा पूजा लगायतका कार्यक्रम सम्पन्न गरी माघ ६ गते भव्यताका साथ मनाउने लागिएको जन्मोत्सवमा सम्पूर्ण भक्तजनलाई आव्हान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);