बधाई लिने समयलाई देश निर्माणमा खर्चिने भन्दै बालुवाटारको यस्तो आग्रह | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

बधाई लिने समयलाई देश निर्माणमा खर्चिने भन्दै बालुवाटारको यस्तो आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बधाई र शुभकामनाका लागि समय माग नगर्न आग्रह गरेको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गरेकाले यस्तो निर्णय गरेको उनले बताएका छन् ।

सूर्यकिरण शर्माले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्युले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नु भएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालयमार्फत पेश गरिदिन पनि आग्रह गर्दछौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);