गण्डकीका सांसदहरुले आज शपथ लिने | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

गण्डकीका सांसदहरुले आज शपथ लिने

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यहरुले आज शपथ लिदैंछन् । दिउँसो १ बजे सांसदहरुलाई ज्येष्ठ सांसद मित्रलाल बस्यालले पद तथा गोपनियताको शपथ गराउने छन् ।

बस्याल पर्वत प्रदेश सभा–२ बाट निर्वाचित भएका थिए । बस्यालले बुधबार प्रदेश प्रमुुख पृथ्वीमान गुुरुङबाट शपथ लिएका थिए ।

गण्डकी प्रदेशमा ६० जना सांसद निर्वाचित भएका छन् ।

सबैभन्दा धेरै नेपाली कांग्रेसले २७ सिटमा जित हासिल गरेको छ ।

नेकपा (एमाले)ले २२, नेकपा (माओवादी केन्द्र)ले ८, राप्रपाले २ र नेकपा (एकीकृत समाजवादी)ले एक सिटमा जित हासिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);