काठमाडौं । प्रतिनिधिसभाको सभामुख सत्ता साझेदार दल नेकपा (एमाले)ले पाउने भएको छ ।
एमाले भित्र चार जना सभामुखका आकांक्षी देखिएका छन् । सभामुखमा एमालेका प्रत्यक्षबाट निर्वाचित भएका नेताहरु पृथ्वीसुब्बा गुरुङ, विद्या भट्टराई र छविलाल विश्वकर्मा र समानुपातिकतर्फ बाट निर्वाचित भएका रघुजी पन्तको चर्चा सुरु भएको छ ।
एमाले–माओवादीबीच साढे २ वर्ष आधा कार्याकाल दुई कार्याकाल दुवै पार्टीबाट सभामुख बनाउने सहमति पनि भएको छ । जसमध्ये पहिलो कार्याकाल एमालेले पाएको छ । सभामुुख र उपसभामुुख फरक दलको हुनुुपर्ने छ भने सभामुख पुरुष भए उपसभामुख महिला हुने संविधानमा व्यवस्था छ ।
त्यसो त संसदको अधिवेशन पुस २५ गते आह्वान गरिएको छ । सभामुख नियुक्ति नभएसम्म ज्येष्ठ सांसद पशुपति शमशर जबराले अधिवेशनको अध्यक्षता गर्नेछन् ।