राष्ट्रियसभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपतिलाई उपेन्द्र यादवको सुझाव | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौं, ९ पुष । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले राष्ट्रियसभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गर्न राष्ट्रपति विद्या भण्डारीलाई सुझाव दिएको छ ।

राष्ट्रपति विद्या भण्डारीसँग भेटगरी फोरम अध्यक्ष यादवले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश जारी गरेर मुलुकलाई निकास दिन सुझाव दिनु भएको हो । आईतबार विहान राष्ट्रपति भवन सितल निवासमा भएको भेटमा अध्यक्ष यादवले राष्ट्रपति भण्डारी समक्ष राष्ट्रिय सभाको गठनसम्बन्धि प्रक्रिया अघि बढाउन पनि सरकारले पठाएको अध्यादेश पारित गरेर जानुको विकल्प नरहेको तर्क समेत गर्नु भएको थियो ।

 

मुलुकमा देखिएको संवैधानिक संकट समाधान गरेर नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई अध्यादेश जारी गर्न सुझाव दिइएको अध्यक्ष यादवले स्पष्ट पार्नु भयो । संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि ऐन नबनेका कारण मुलुकमा संवैधानिक संकट निम्तिएको दावी गर्दै आएको छ ।

 

संविधानमा देखिएको त्रुटि नयाँ संसदले सच्याउँदै लैजाने भएकाले अहिले राष्ट्रपतिले अध्यादेश रोकेर राख्न नमिल्ने संघीय समाजवादी फोरम, नेपालको तर्क छ ।