चिसोसँगै निमोनियाको संक्रमण पनि बढ्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

चिसोसँगै निमोनियाको संक्रमण पनि बढ्दै

काठमाडौँ ।  चिसो बढेसंगै बालबालिका तथा वृद्धवद्धामा श्वासप्रश्वासजन्य तथा निमोनियाको समस्या दैनिक रुपमा बढ्दो छ ।

विशेष गरी बालबालिका र वृद्धवद्धालाई चिसोका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुने डाक्टरहरु बताउछन् ।

विश्वभर हरेक पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाबाट मृत्यु हुने गरेको तथ्यांकले देखाउछ ।  राहिनो, इन्फ्लुन्जा तथा रेस्पिरेटरी, सिन्साईटीयलजस्ता भाइरसका कारणले निमोनिया हुन्छ ।

त्यस्तै जाडोको मौसममा बालबालिका एकै ठाउँमा बस्ने हुँदा सरुवा रोगहरु सर्ने गर्दछ ।  गर्मीमा झ्याल ढोका खुल्ला नराख्दा सरुवा रोगको संक्रमण भएजस्तै जाडोमा धेरैजना एकैठाउँमा गुम्सिएर बस्दा पनि सरुवा रोग संक्रमण बढ्ने डाक्टरहरु बताउँछन् ।

संक्रमणबाट बच्न बालबालिका तथा वृद्धवद्धालाई न्यानो लुगा, प्रशस्त मात्रामा तातो तथा झोलिलो खानेकुरा खाने गर्नुपर्दछ । यसैगरि आमाको दुधखाने बच्चालाई प्रशस्त मात्रामा दुधसहित सन्तुलित पौष्टिक आहार खुवाउन  डाक्टरहरुको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);