काठमाडौं । नेपालको अन्तराष्ट्रिय व्यापारको आयाममा बढोत्तरी भएको र यसको अनुपातमा भन्सार एजेन्टको संख्या अत्यन्त न्यून रहेकोले अर्थमन्त्रालय भन्सार विभागले लामो समयको कसरतबाट गत असारमा ६६० जना भन्सार एजेन्टको नाम लोक सेवा आयोग प्रकाशन गरेको छ ।
भन्सार विभागको स्रोत अनुसार भन्सार एजेन्टको इजाजतपत्र लिइ सक्नु पर्ने अवधिभित्र ६१८ जनाले इजाजत पत्र लिइएका थिए । तर, इजाजत पत्र पाएको ७ महिना पुगि सक्दा पनि भन्सार कार्यालयहरुमा काम गर्ने वातावरण नबनेको र भन्सार एजेन्टको इजाजत लिने समयमा कुनै सरकारी कार्यालय, आयोग, कुटनितिक नियोगकमा सेवा गरिहेका कर्मचारीको हकमा समेत अनिवार्य राजीनामा पेश पश्चात मात्र भन्सार विभागले लाइसेन्स दिइएको थियो ।
तर अहिले यतिलामो समय बितिसक्दा समेत यस पेशामा काम गर्ने वातावरण नबनेको प्रतिपिडित पक्षको गुनासो रहेको छ । भन्सार एजेन्टका विविध समस्याहरुको समाधान गर्ने उद्धेश्यले भन्सार एजेन्टको पेशागत हकहितको लागि गठित राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले भन्सार विभाग त्रिपुरेश्वरमा विभागका महानिर्देशक चक्रबहादुर बुढालाई भन्सार एजेन्टका विभिन्न समस्या समाधान सहितका १५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।
राज्यको सबैभन्दा बढी राजश्व संकलन हुने भन्सार क्षेत्रमा भन्सार एजेन्टले राजश्व संकलनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साथै अनियमित चोरी निकासी, गैह्र भन्सार कार्यलाई निरुत्साहित गरी भन्सार कार्यालय मार्फत मालबस्तु चेक जाँच गरी राजस्व उठाउने काममा समेत भन्सार एजेन्टको भूमिका राम्रो मानिन्छ ।
ज्ञापनपत्र बुझ्ने क्रममा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले परिषद्को माग जायज भएकोमा उक्त मागहरु मध्ये विभागले तत्काल सम्बोधन गर्न सक्ने मागहरु आफ्नो तर्फबाट गर्ने र नितिगत मागहरुमा अर्थ मन्त्रालय संग सहकार्य गर्नको लागि भन्सार विभाग र परिषदले संगसंगै पहल गर्नुपर्ने बताउनुभयो ।




